National life
cg eloctronics

महालक्ष्मी विकास बैंकको पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
476Shares
महालक्ष्मी विकास बैंकको पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ncell

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ्ग एप “ महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछ्न ।

भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याजरहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भुर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ । यो सेवा अन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुने बैंकले दाबी गरेको छ । सेवाको थालनीसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई रु. ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले आगामी दिनमा मोबाइल एप्लिकेसनलाई अझै परिष्कृत तथा परिमार्जित बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?