National life
cg eloctronics

महालक्ष्मी विकास बैंकद्वारा कर्मचारी सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
475Shares
महालक्ष्मी विकास बैंकद्वारा कर्मचारी सम्मानित
ncell

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो स्थापनाको ३१ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंकले २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो ।

बैंकले विज्ञप्तिमा भनेको छ, "इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्त्वपूर्ण सेवा तथा योगदान पुर्‍याए बापत ३६ जना कर्मचारीहरूलाई सम्मान गरिएको हो ।”

बैंकका केन्द्रीय तथा शाखा कार्यालयमा रही सेवा प्रदान गरिरहेका कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य, बैंकका उच्च पदस्थ अधिकारी, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, काठमाण्डौं उपत्यकाका शाखा प्रबन्धक लगायतको उपस्थिति रहेको थियो । सम्मानित कर्मचारीहरूको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनलबाट मान्यता प्राप्त यो क्लब मार्फत बैकका कर्मचारीमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा सञ्चार कौशल अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्य सहित गठन गरिएको हो । विकास बैंकहरूमा टोस्टमास्टर क्लबको औपचारिक सुरुवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ ।

आगामी दिनमा बैंकले आफ्ना ग्राहकहरूलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने पनि बैंकले जाहेर गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?