National life
cg eloctronics

माछापुच्छ्रे बैंकको नाफामा गिरावट,प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
376Shares
माछापुच्छ्रे बैंकको नाफामा गिरावट,प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकयस अवधिमा ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत रकम गत आवको सोहि अवधिको तुलनामा ६९.०८ प्रतिशतले कम हो । बैंकको इम्प्येरमेन्ट चार्ज पनि ८१ करोड ९५ लाखबाट बढेर ९४ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.६८ प्रतिशत पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङ ३० करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार भने २५.६९ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानीमा व्यापक गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १७.५७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर ९.८१ रुपैयाँमा सीमित बनेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
376SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?