काठमाडौँ। विदेशी मुद्रा सटही प्रक्रियामा नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । केन्द्रिय बैंकले अब मुद्रा सटही गर्न खाता अनिवार्य गरेको छ।
बिहीबार बैंक तथा वित्तीय संस्थाहरूमार्फत जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्था अनुसार, राहदानी बापतको सटही सुविधा तथा औपचारिक विदेश भ्रमणबापतको सटही सुविधा अब परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोलेर समेत) प्रदान गर्न सकिनेछ।
यसअघि यस्ता सटही सुविधाहरू सिधै नगद वा अन्य माध्यमबाट दिइन्थ्यो, तर अबदेखि यस्तो सुविधा लिन बैंक खाता अनिवार्य गरिएको हो।
त्यसैगरी, भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकका लागि राहदानीबापतको सटही सीमा पनि बढाइएको छ। अब प्रतिपटक अधिकतम अमेरिकी डलर ३ हजार (वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा) सटही गर्न पाइनेछ। यसअघि यो सीमा २ हजार ५०० डलर थियो।
। विदेशी मुद्रा सटही प्रक्रियामा नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । केन्द्रिय बैंकले अब मुद्रा सटही गर्न खाता अनिवार्य गरेको छ। बिहीबार बैंक तथा वित्तीय संस्थाहरूमार्फत जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्था अनुसार, राहदानी बापतको सटही सुविधा तथा औपचारिक विदेश भ्रमणबापतको सटही सुविधा अब परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोलेर समेत) प्रदान गर्न सकिनेछ।