National life

मेटलाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक : बीमितलाई प्रतिहजार ४०-७० रुपैयाँ बोनस

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१७ मंसिर २०८२, बुधबार
471Shares
मेटलाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक : बीमितलाई प्रतिहजार ४०-७० रुपैयाँ बोनस
ncell

काठमाडौँ । मेटलाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले बीमांकीय मूल्यांकनअनुसार मुनाफामा सहभागी हुने सम्पूर्ण जीवन बीमालेखहरूका लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा बोनसदर निर्धारण गरेको हो।

कम्पनीको सार्वजनिक जानकारी अनुसार, बीमितहरूले न्यूनतम प्रतिवर्ष प्रति हजार ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन्।

बोनसदर योजनाअनुसार:

अग्रिम भुक्तानी (थ्री पेमेन्ट प्लान)

१–१५ वर्ष अवधि: प्रतिहजार ४५ रुपैयाँ

१६–२० वर्ष अवधि: प्रतिहजार ५५ रुपैयाँ

२१ वर्ष वा सोभन्दा लामो अवधि: प्रतिहजार ६५ रुपैयाँ

अग्रिम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान)

१–१५ वर्ष अवधि: प्रतिहजार ४५ रुपैयाँ

१६–२० वर्ष अवधि: प्रतिहजार ५० रुपैयाँ

२१ वर्ष वा सोभन्दा लामो अवधि: प्रतिहजार ५५ रुपैयाँ

सावधिक जीवन बीमा (इन्डोमेन्ट प्लान)

१–१५ वर्ष अवधि: प्रतिहजार ५० रुपैयाँ

१६–२० वर्ष अवधि: प्रतिहजार ६० रुपैयाँ

२१ वर्ष वा सोभन्दा लामो अवधि: प्रतिहजार ७० रुपैयाँ

शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान)

१–१५ वर्ष अवधि: प्रतिहजार ५० रुपैयाँ

१६–२० वर्ष अवधि: प्रतिहजार ६० रुपैयाँ

२१ वर्ष वा सोभन्दा लामो अवधि: प्रतिहजार ७० रुपैयाँ

माई चाइल्ड एजुकेसन प्रोटेक्सन प्लान

१–१५ वर्ष अवधि: प्रतिहजार ४० रुपैयाँ

१६–२० वर्ष अवधि: प्रतिहजार ४५ रुपैयाँ

२१ वर्ष वा सोभन्दा लामो अवधि: प्रतिहजार ५० रुपैयाँ

मेटलाइफ इन्स्योरेन्सका अनुसार, बोनसदर बीमालेखको अवधिसँगै बीमितलाई प्रतिवर्ष लाभ सुनिश्चित गर्ने उद्देश्यले तय गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस नयाँ बोनसदरको प्रकाशनले बीमितहरूलाई आफ्नो बीमालेखबाट हुने लाभ स्पष्ट रूपमा बुझ्न र दीर्घकालीन योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?