National life

मेटलाइफ इन्स्योरेन्सको मुनाफा घट्यो, बीमा कोष र आम्दानीमा भने सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
504Shares
मेटलाइफ इन्स्योरेन्सको मुनाफा घट्यो, बीमा कोष र आम्दानीमा भने सुधार
ncell

काठमाडौँ । मेटलाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको मुनाफा घटेपनि जीवन बीमा कोष, बीमाशुल्क, र आम्दानीजस्ता अन्य सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४९ करोड ६१ लाख ७२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष कम्पनीले ८२ करोड ७९ लाख १५ हजार रुपैयाँ मुनाफा कमाएको थियो।

यता, कम्पनीको जीवन बीमा कोष १५.५४ प्रतिशतले बढेर २९ अर्ब ५८ करोड १५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २५ अर्ब ६० करोड ३२ लाख रुपैयाँ थियो।

खुद बीमाशुल्क आम्दानीतर्फ हेर्दा, अघिल्लो वर्ष ५ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा गत वर्ष १०.१५ प्रतिशतले वृद्धि भई ६ अर्ब १ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आम्दानी ८ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खर्च ७ अर्ब १० करोड रुपैयाँबाट बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको देखिन्छ।

साथै, कम्पनीले आफ्ना अभिकर्ताहरूमा खर्च गरेको रकम पनि ८.५९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४८ करोड ६३ लाख रुपैयाँ खर्चिएकोमा यो वर्ष ५२ करोड ८० लाख रुपैयाँ पुगेको छ।









# Metlife
यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?