काठमाडौं । २०२५ ग्लोबल सिटिजन फेस्टिभलमा बीमा तथा कर्मचारी लाभ सेवा प्रदान गर्ने अग्रणी वित्तीय सेवा कम्पनी मेटलाइफले अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजनसँग तीन वर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारको रूपमा सहभागी हुने घोषणा गरेको छ ।
यस साझेदारीमार्फत आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतहरूमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो दीर्घ इतिहास र क्षमतालाई प्रयोग गरी मेटलाइफले ग्लोबल सिटिजनको अभियानलाई थप सशक्त बनाउन र विश्वभरका समुदायहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न योगदान गर्नेछ । प्रमुख साझेदारको हैसियतले मेटलाइफले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरूको सहभागिता र आफ्नो विश्वव्यापी पहुँचमार्फत शिक्षा तथा आर्थिक सशक्तिकरणमा रूपान्तरणकारी पहलहरू अघि बढाउनेछ ।
यसका अतिरिक्त मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्डको संस्थापक दाताको रूपमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।
मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने, “मेटलाइफमा, हामी मानिस र समुदायका लागि महत्वपूर्ण क्षणहरूमा सधैं उपस्थित रहन विश्वास गर्छौं, जसलाई सबैका लागि आत्मविश्वासी भविष्य निर्माण गर्ने हाम्रो स्पष्ट उद्देश्यले मार्गदर्शन गरेको छ । ग्लोबल सिटिजनसँगको हाम्रो साझेदारीले वित्तीय स्वास्थ्य प्रवद्र्धन, शैक्षिक अवसरहरूलाई अगाडि बढाउने र सबल र आत्मविश्वासी समुदायहरू निर्माण गरेर सकारात्मक परिवर्तन ल्याउनेछ । मेटलाइफ फाउन्डेशनसँग मिलेर हामी ग्लोबल सिटिजनसँग सहकार्य गर्न उत्साहित छौं, र यो साझेदारीले १९७६ यता १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गर्दै आएको मेटलाइफ फाउन्डेशनको परोपकारी परम्परालाई अझै सबल बनाउनेछ ।”
मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानहरूलाई पनि सशक्त बनाउनेछ, जसमा आज न्यूयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न भएको ऐतिहासिक ग्लोबल सिटिजन फेस्टिभल पनि पर्छ, जहाँ कलाकार, अभियन्ता र विश्व नेताहरूलाई एकसाथ ल्याएर संसारका सबैभन्दा ज्वलन्त समस्याहरूमा कार्य गर्ने उद्देश्य राखिएको छ । साथै ग्लोबल सिटिजन नाउ एक्शन समिटहरूमा पनि मेटलाइफको योगदान रहनेछ ।
ग्लोबल सिटिजनका सह–संस्थापक तथा सीईओ ह्यू एभान्सले भने, “हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरू समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौं । मेटलाइफ, मेटलाइफ फाउन्डेशन र ग्लोबल सिटिजनबीचको यो नयाँ साझेदारीले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील र समृद्ध जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन महत्वपूर्ण उत्प्रेरकको रूपमा काम गर्नेछ ।”
ग्लोबल सिटिजन चरम गरिबी अन्त्य गर्न विश्वको सबैभन्दा ठूलो पहल हो। दैनिक आवाज उठाउने र कारबाही गर्ने विश्वव्यापी समुदायद्वारा सञ्चालित यो पहललाई संगीत, मनोरञ्जन, सार्वजनिक नीति, मिडिया, परोपकार र कर्पोरेट क्षेत्रका लीडरहरु भेला गर्ने अभियान र कार्यक्रमहरूद्वारा विस्तार गरिएको छ ।
यस पहल सुरु भएदेखि ग्लोबल सिटिजन प्लेटफर्महरूमा घोषणा गरिएका ४९ अर्ब डलरका प्रतिबद्धताहरू परिचालन गरिएको छ जसले १.३ अर्ब जीवनलाई असर गरेको छ । २००८ मा अष्ट्रेलियामा स्थापित ग्लोबल सिटिजनको टोलीले न्यूयोर्क, वाशिंगटन डीसी, लस एन्जलस, लन्डन, पेरिस, बर्लिन, जेनेभा, मेलबर्न, टोरन्टो, जोहानेसबर्ग, लागोस र बाहिरबाट सञ्चालन गर्दछ ।





































