काठमाडौं । मेट लाइफ नेपाल इन्स्योरेन्स कम्पनीको नाफामा ४ दशमलव ८९ प्रतिशतले वृद्धी भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार मेट लाइफको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ८२ लाख नाफा कमाएको थियो । उक्त कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड २५ लाख नाफा कमाएको छ ।
पहिलो ३ महिनाको अवधिमा मेट आइफले १ अर्ब ३६ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । कुल बीमाशुल्कमध्ये १ अर्ब ६ करोड नवीकरण बीमाशुल्क र ३० करोड ३५ लाख प्रथम बीमाशुल्क छ । गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आर्जन ४ दशमलव ४३ प्रतिशतले बढी हो ।
मेटलाइफको प्रथम बीमाशुल्क भने ९ दशमलव ४१ प्रतिशतले घटेको छ । नवीकरण बीमाशुल्कमा ९ दशमलव ३३ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले पुनर्बीमा गरेर १ अर्ब ३१ करोड खुद बीमाशुल्क आर्जन गरेको छ ।
मेट लाइफको महाविपद जगेडामा ४२ करोड १८ लाख, रिटेण्ड अर्निङमा २ अर्ब २७ करोड र अन्य जगेडातर्फ ८६ करोड ७५ लाख सञ्चिति छ।, भने जीवन बीमा कोष २४ अर्ब ९२ करोड पुगेको छ ।





































