National life

यस साता सुनको मूल्य तोलामा तीन हजार ३०० रुपैयाँले बढ्यो, कुन दिन कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० पुस २०८१, शनिबार
525Shares
यस साता सुनको मूल्य तोलामा तीन हजार ३०० रुपैयाँले बढ्यो, कुन दिन कति ?
ncell

काठमाडौँ । पछिल्लो केही कारोबारका दिन सुनको भाउ लगातार बढेको छ । गत साता जस्तै यस सातापनि सुनको भाउमा वृद्धि भएको छ।

यस साता सुन तोलामा तीन हजार ३०० रुपैयाँले महँगिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस साताको पहिलो दिन,आइतबार प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुन साताको अन्तिम कारोबारका दिन बढेर एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस साताको मंगलबार बाहेक अन्यदिन सुनको मूल्यमा दैनिक वृद्धि भएको छ। साताको पहिलो कारोबारका दिन एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँ पुगेको थियो ।

मंगलबारका दिन सुनको मूल्य घटेर एक लाख ५० हजार ४९ हजार ६०० रुपैयाँमा झरेको थियो। यसैगरी, बुधवार फेरि वृद्धि भएर तोलाको एक लाख ५१ हजार र बिहीबार एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो

यस साताको अन्तिम कारोबारका दिन शुक्रवार सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै यस साता चाँदीको भाउमा समेत वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी साताभरमा तोलामा २० रुपैयाँले बढेको छ। आइतबार एक हजार ७९० रहेको चाँदीको भाउ बढेर शुक्रवार प्रतितोला एक हजार ८१० रुपैयाँ पुगेको छ।

विश्व बजारमा सुनको भाउमा वृद्धि आएसँगै सुनको मूल्यमा वृद्धि आएको हो । सुनको मूल्य सहित अमेरिकी डलरको भाउमा समेत निरन्तर वृद्धि भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?