National life

विनाशकारी रसुवा बाढीमा भएको क्षति : १ अर्बको बढीको बीमा दाबी, कुन कम्पनीको कति पर्‍यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ साउन २०८२, शुक्रबार
1.1kShares
विनाशकारी रसुवा बाढीमा भएको क्षति : १ अर्बको बढीको बीमा दाबी, कुन कम्पनीको कति पर्‍यो ?
ncell

काठमाडौँ । रसुवामा  गत असार २३ गते आएको भीषण बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबीको अद्यावधिक विवरण सार्वजनिक भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको उक्त विवरण अनुसार उक्त बाढी पहिरोको क्षतिबाट झण्डै एक अर्ब रुपैयाँको बीमा दाबी परेको छ ।

साउन २२ गतेसम्म ११ वटा निर्जीवन बीमकबाट प्राप्त विवरण अनुसार कुल ७८ वटा बीमा दाबीमा ९८ करोड ५९ लाख रुपैयाँ क्षतिपूर्ति माग भएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँ बराबरको दाबी परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसैगरी शिखर इन्स्योरेन्समा १५ वटा दाबी मार्फत १६ करोड ९६ लाख रुपैयाँ बराबर क्षतिपूर्ति माग भएको छ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले उक्त घटनामा ८ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ६ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले २ करोड ६५ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ९१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी  गर्नुपर्ने भएको छ ।

बाकी रहेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बीमा दाबी भुक्तानी परेको प्राधिकरणले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?