National life
cg eloctronics

राष्ट्र बैंकले कारबाही प्रकृया शुरु गरेको डा.अधिकारी सम्पर्क विहीन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
438Shares
राष्ट्र बैंकले कारबाही प्रकृया शुरु गरेको डा.अधिकारी सम्पर्क विहीन
muktinatha bikash bank

काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक डा.चन्द्रबहादुर अधिकारीलाई नेपाल राष्ट्र बैंकले बर्खास्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको नाममा सात दिने सूचना जारी गरेकै दिन सोमबार उनलाई राष्ट्र बैंकले ५ लाख जरिवानासहित वर्खास्त गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि माघ २१ गते परेको उजुरीमाथि आवश्यक अनुसन्धानका लागि भन्दै अधिकारीलाई बैशाख ८ गतेको मितिबाट सात दिनभित्र उपस्थित हुन भनिएको छ। त्यो अनुसार उनी आउंदो सोमबारसम्म अख्तियारमा उपस्थित भैसक्नु पर्ने छ।

अख्तियारले सार्वजनिक गरेको सूचनामा अधिकारीलाई भारत उत्तर प्रदेशका खुशनसिब अन्सारी र वज्जाद अन्सारीलाई समेत उपस्थित गराउन निर्देशन दिइएको छ । सूचनामा ती दुबै अन्सारीको आधार कार्ड नम्बर र भारतको पूर्ण ठेगाना पनि उल्लेख गरिएको छ ।

everest bank

अख्तियारले कारवाही प्रकृया शुरु गरेपछि अधिकारी भने मोवाइलअफ गरेर फरार भएको अख्तियार स्रोतको दावी छ । उनीमाथि राष्ट्र बैंकले पनि कारबाही प्रकृया शुरु गरेको बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?