रुपन्देही । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी एण्ड डायग्नोसिस सेन्टर प्राईभेट लिमिटेडसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सो सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुयाउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटी एण्ड डायग्नोसिस सेन्टमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले लिएको अवस्था छ।
हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ ।


































