काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेर आज मात्रै थप अनुसन्धानका लागि ७ दिन म्याद थप भएका रास्वपाका सभापति लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले बिहीबार प्रहरीलाई पक्राउ अनुमति दिएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् ।




































