National life
cg eloctronics

वन मन्त्रालय हेर्नु तीतेपातीको झ्याङ हेरेर बस्नु हो भन्दै मन्त्री मनाङ्गेले दिए राजीनामा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
622Shares
वन मन्त्रालय हेर्नु तीतेपातीको झ्याङ हेरेर बस्नु हो भन्दै मन्त्री मनाङ्गेले दिए राजीनामा 
muktinatha bikash bank

काठमाडौँ । सोमबार गण्डकी प्रदेशमा भएको मन्त्रीमण्डल विस्तार पछि नैतिकताको कुरा उठाउँदै भौतिक योजना मन्त्री दीपक मनाङ्गेले राजीनामा दिएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्गेले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाश केसीलाई दिएर मनाङ्गेलाई वन मन्त्रालयको जिम्मेवारी दिए । तर मनाङ्गेले भने मन्त्री घोषणा भएको केही घण्टा नबित्दै पदबाट नैतिकतालाई आधार देखाउँदै राजीनामा दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गण्डकीमा भएको यो दृश्य बडो रोचक र विचित्र देखिएको छ । सामान्यतया प्रदेशमा अर्थ, आन्तरिक मन्त्रालयपछि भौतिक योजना मन्त्रालयमा आकर्षक बजेट भएको मानिन्छ । त्यही कारण मनाङ्गेले आफूलाई भौतिक योजना मन्त्रालयबाट वन मन्त्रालयमा सरुवा गरेको थाहा पाउनासाथ राजीनामा दिने धम्की दिए, त्यो धम्कीले काम नगरेपछि ‘नैतिकताको कारण’ देखाउँदै अन्ततः राजीनामा दिए ।

मनाङ्गेले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई खासै बजेट नभएको वन मन्त्रालयमा सरुवा गरेर अपमानित गरिएकोले नैतिकताको कारण राजीनामा दिएको उल्लेख गरेका छन् । ‘वनमा बजेट छैन। मन्त्रालय हामीले हेर्न पनि पाउँदैन। यो त केन्द्रले हेर्ने हो, हामीले हेर्ने भनेको तीतेपातीको झ्याङ हो। झण्डा हल्लाएर हिँडेर काम छैन,’ मनाङ्गेले भने

everest bank
यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?