National life

वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ४१.६७ % ले बढ्यो, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०६ फागुन २०८२, बुधबार
1KShares
वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ४१.६७ % ले बढ्यो, कुन बैंकको कति ?
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वाणिज्य बैंकहरूले कुल १ खर्ब २९ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ सेयर धितो कर्जा वितरण गरेका छन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४१.६७ प्रतिशतले बढी हो।

गत वर्षको पुससम्म बैंकहरूले जम्मा ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ सेयर धितो कर्जा वितरण गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नबिल बैंक यस अवधिमा सबैभन्दा धेरै सेयर धितो कर्जा दिने बैंक बनेको छ भने कृषि विकास बैंकले सबैभन्दा बढी वृद्धिदर देखाएको छ।

चालु वर्षको पहिलो ६ महिनामा १७ वटा बैंकको सेयर लोन प्रवाह बढेको छ भने २ वटा बैंकको घटेको देखिन्छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर लोन प्रवाह गरेको छैन।

नबिल बैंकले पुससम्म १६ अर्ब ९५ करोड २८ लाख रुपैयाँ सेयर लोन वितरण गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३४.४५ प्रतिशतले बढी हो। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले १३ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेको छ। तेस्रो स्थान कुमारी बैंकको छ, जसले १० अर्ब १७ करोड ९० लाख रुपैयाँ सेयर लोन प्रवाह गरेको छ।

त्यसैगरी, प्राइम कमर्शियल बैंकले ९ अर्ब ५२ करोड, सिद्धार्थ बैंकले ८ अर्ब ६० करोड, लक्ष्मी सनराइज बैंकले ८ अर्ब ५२ करोड, राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ६० करोड, र कृषि विकास बैंकले ७ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।

छोटो अवधिमा सबैभन्दा कम सेयर लोन वितरण गर्ने बैंक नेपाल एसबीआई बैंक रहेको छ, जसले ५७ करोड ९६ लाख रुपैयाँ मात्र सेयर लोन दिएको छ।

कुन बैंकको सेयर धितो कर्जा कति ?

बैंकहरूको सेयर लोन वितरण यसप्रकार रहेको छ ।

सेयर धितो कर्जामा वृद्धिले बजारमा लगानी र सेयर कारोबार दुवैमा उत्साह बढाएको देखिन्छ। बैंकहरूले जोखिम व्यवस्थापनमा ध्यान राख्दै वित्तीय प्रवाह विस्तार गर्न थालेका छन्, जसले आर्थिक गतिविधि र पूँजी बजारमा थप गति दिने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?