National life

वाणिज्य बैंकहरूको नाफा ११.५१%ले बढ्यो, कुनको कति ? को छ अग्रस्थानमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१५ माघ २०८२, बिहिबार
884Shares
वाणिज्य बैंकहरूको नाफा ११.५१%ले बढ्यो, कुनको कति ? को छ अग्रस्थानमा ?
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको समाप्तिसम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफा उल्लेखनीय रूपमा बढेको छ ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले पुस मसान्तसम्म कुल ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो ।

Royal Enfield
nic asia capital
अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

नाफा आर्जन गर्ने बैंकहरूमध्ये नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन सबै वाणिज्य बैंकमध्ये सर्वाधिक हो ।

दोस्रो स्थानमा रहेको ग्लोबल बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकको नाफा ३ अर्ब ५ करोड रुपैयाँ थियो ।

एभरेष्ट बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको २ अर्ब ७ करोड रुपैयाँको तुलनामा सामान्य वृद्धि हो ।

कुमारी बैंकले भने उल्लेखनीय सुधार देखाउँदै दोस्रो त्रैमाससम्म २ अर्ब ७२ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा मात्र २७ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पुस मसान्तसम्म १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन गत आवको दोस्रो त्रैमाससम्मको २ अर्ब ८३ करोड २३ लाख रुपैयाँको तुलनामा कमी हो ।

एनएमबि बैंकले पनि चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब आधा कम हो । गत आवमा बैंकले २ अर्ब २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्रभु बैंकले पुस मसान्तसम्म १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३५ लाख रुपैयाँ थियो ।

नेपाल बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४६ करोड १० लाख रुपैयाँ मात्र रहेको थियो ।

लक्ष्मी सनराइज बैंकले भने दोस्रो त्रैमाससम्म २७ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको १ अर्ब १६ करोड २० लाख रुपैयाँको तुलनामा निकै कम हो ।

प्राइम कमर्शियल बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँभन्दा कम हो ।

सानिमा बैंकले पुस मसान्तसम्म १ अर्ब ३९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

एनआईसी एशिया बैंकले दोस्रो त्रैमाससम्म १३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नाफा अघिल्लो वर्षको तुलनामा कम भए पनि बैंक क्रमशः सुधारोन्मुख देखिएको छ । गत आवको अन्त्यसम्म ऋणात्मक अवस्थामा पुगेको बैंक चालु आवको दोस्रो त्रैमासमा नाफामा फर्किएको हो ।

हिमालय बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले १ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

Profit of All Commercial Banks (Amount in Thousands)


 

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?