National life

विकास बैंकहरुले घटाए ब्याजदर, कसको कती ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
474Shares
विकास बैंकहरुले घटाए ब्याजदर, कसको कती ?
ncell

विकास बैंकहरुले कात्तिक महिनाको लागि ब्याजदर घटाएका छन् । सार्वजनिक ब्याजदर अनुसार सबै बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको छ ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरे पनि विकास बैंकहरुले भने यसलाई निरन्तरता दिएका छन् । कात्तिक महिनाको लागि राष्ट्रियस्तरका सबै विकास बैंकहरुले मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याजदर दिने बताएका छन् ।

Royal Enfield
nic asia capital

निक्षेपको ब्याजदरसँगै अब कर्जाको ब्याजदर पनि घट्दै जान्छ । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार विकास बैंकहरुले कात्तिकका लागि नयाँ ब्याजदर निर्धारण गरेको हुन्।

बैंकहरुले निक्षेपमा ब्याजदर बढाएसँगै अब कर्जाको ब्याजदर पनि सस्तो हुने भएको छ ।अब कात्तिकदेखि ब्याजदर सस्तो हुँदा कर्जा प्रवाह बढ्ने अनुमान छ । यसबाट सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्न सक्ने आँकलन गरिएको छ ।

हेर्नुहोस् कुन बैंकको कति ब्याजदर ?

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?