National life

विकास बैंकहरूको नाफा २७.९७% ले बढ्यो, मुक्तिनाथ र गरिमा अग्रस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१५ माघ २०८२, बिहिबार
901Shares
विकास बैंकहरूको नाफा २७.९७% ले बढ्यो, मुक्तिनाथ र गरिमा अग्रस्थानमा
ncell

काठमाडौँ।  राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आधा वर्षमा नाफामा ठुलो वृद्धि देखाएका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश बैंकको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

हाल सञ्चालनमा रहेका ८ राष्ट्रिय विकास बैंकले छ महिनामा जम्मा ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ नाफा कमाएका छन्। यो रकम गत वर्षको सोही अवधिको २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफाभन्दा करिब २७.९७ प्रतिशत बढी हो।

Royal Enfield
nic asia capital

नाफामा शीर्ष स्थानमा मुक्तिनाथ विकास बैंक छ। यस बैंकको नाफा ६७ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ५० करोड ३१ लाख रुपैयाँभन्दा ३३.५७ प्रतिशत बढी हो। दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ, जसको नाफा ६३ करोड ५१ लाख रुपैयाँ छ र यो १५.६३ प्रतिशतले वृद्धि भएको हो।

अन्य बैंकहरूको नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। शाइन रेसुङ्गाको नाफा २२.१९ प्रतिशत बढेर ४० करोड ४२ लाख, कामना सेवा विकास बैंकको २२.३४ प्रतिशत बढेर ३९ करोड ४५ लाख, ज्योति विकास बैंकको २४.४४ प्रतिशत बढेर ३१ करोड १२ लाख, महालक्ष्मी विकास बैंकको ६.४१ प्रतिशत बढेर ३० करोड ५९ लाख, र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३.९५ प्रतिशत बढेर ३० करोड २५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, लुम्बिनी विकास बैंकले भने नाफामा ९३ प्रतिशत वृद्धि गरी २८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ।

यो समाचार शेयर गर्नुहोस्
901SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?