National life

लघुवित्त पीडितहरुको घोषणा: कर्मचारीलाई गाउँ प्रवेशमा रोक लगाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
567Shares
लघुवित्त पीडितहरुको घोषणा: कर्मचारीलाई गाउँ प्रवेशमा रोक लगाउने
ncell

काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले लाम्प समयदेखि संघर्षमा रहँदा पनि सरकारले समस्या समाधानको कुनै पहल नगरेको बताएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका पदाधिकारीहरुले ३१ महिनादेखि संघर्षमा रहँदा पनि पीडितको मागप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लागेका हुन् ।

केहि लघुवित्त तथा वित्तीय संस्थाका कारण एक हजार पाँच सयभन्दा धेरैले आत्महत्या गर्न बाध्य हुनुपरेको र लाखौं घरबारविहीन बनेको अवस्थामा समेत सरकार गम्भीर नबनेको भन्दै उनीहरुले आँधीबेहरी सिर्जना गर्नेगरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले वित्तीय क्षेत्रभित्र रहेका विकृति र विसंगतिको अन्त्य, पीडितहरुको कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, वित्तीय शोषणबाट पीडितहरुलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने,जनपक्षीय मौद्रिक नीति कायम गर्नुपर्ने, वित्तीय संस्थाहरुले लगाएको अन्यायपूर्ण ऋण मिनाहा गर्नुपर्ने, नीतिविपरीत काम गर्ने वित्तीय संस्थाहरु खारेज हुनुपर्ने र गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने प्रमुख माग राखेका छन् ।

Royal Enfield
nic asia capital

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, प्रथम राष्ट्रिय भेला आयोजक समितिका संयोजक रमेश तामाङले संघर्षको कार्यक्रमसमेत घोषणा गरेका छन् । संघर्ष समितिको केन्द्रीय समिति बैठकले साउन १५ देखि ३० गतेसम्म सबै सम्बन्धित निकायहरुमा भेटघाट गर्ने, भदौ १ गतेदेखि देशभर वृहत दवाबमुलक कार्यक्रमहरु गर्ने, असोज १५ गतेसम्ममा देशभर जिल्ला भेलाहरु सम्पन्न गर्ने, कात्तिकदेखि लघुवित्त संस्थाहरुका कर्मचारीहरुलाई गाउँ प्रवेशमा रोक लगाउनेलगायतका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?