National life

विदेशी मुद्रा सटही सुविधाका लागि प्राधिकरणको सिफारिस अनिवार्य चाहिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
953Shares
विदेशी मुद्रा सटही सुविधाका लागि प्राधिकरणको सिफारिस अनिवार्य चाहिने
ncell

काठमाडौँ । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई विदेशी मुद्रा सटही सुविधाका लागि प्राधिकरणको सिफारिस अनिवार्य चाहिने निर्देशन जारी गरेको छ।

प्राधिकरणले यसअघि राष्ट्र बैंकको निर्देशनअन्तर्गत बिमा कम्पनीहरूलाई विदेशी मुद्रा सटहीका लागि सिफारिस दिने गर्दै आएको थियो । प्राधिकरणले ‘बिमाको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२’ जारी गर्दै सिफारिसका लागि विभिन्न मापदण्ड तोकेको हो ।

त्यसअनुसार प्राधिकरणले सिफारिस दिएपछि कम्पनीले राष्ट्र बैंकमा विदेशी मुद्रा सटहीका लागि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिमा कम्पनीहरूलाई विदेशी मुद्राको सटहीको सिफारिसका लागि पहिलो पटक निर्देशन जारी गरेको जनाएको छ ।

नेपालमा विदेशी लगानीका बिमा कम्पनी छन् । उनीहरूले लाभांश लैजाँदा विदेशी मुद्रामा लैजानुपर्छ । यसै गरी पुनर्बिना, बिमांकी, विभिन्न प्रकृतिका परामर्श सेवा पनि विदेशबाट लिनुपर्छ । यस्तै, विदेशी संस्थामा आबद्ध हुँदा र वैदेशिक कार्यक्रममा सहभागी हुँदा पनि विदेशी मुद्रा चाहिन्छ । यी यस्ता प्रयोजनका लागि बिमा कम्पनीहरूले विदेशी मुद्रा सटही गर्नुपर्छ, त्यसका लागि नेपाल बिमा प्राधिकरणको सिफारिस अनिवार्य छ ।

‘बिमकले विदेशी बिमक वा पुनर्बिमक वा नेपालमा रहेका बिमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बिमकलाई सेवा प्रदान गर्ने विदेशी सेवा प्रदायक संस्थालाई सीधै वा बिमा दलालको संलग्नतामा गरिएको पुनर्बिमासँग सम्बन्धित पुनर्बिना शुल्क तथा बिमा दाबी रकम, लाभांश फिर्ता र परामर्श सेवा लिए बापतको रकम भुक्तानी प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

यस्तै, कम्पनीले विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानुन र नेपाल राष्ट्र बैङ्कले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेका निर्देशनसमेत पालना गर्नुपर्ने निर्देशन छ । पुनर्बिना शुल्कको विदेशी मुद्रा सटही सिफारिस माग गर्दा ट्रिटी पुनर्बिना वा रेट्रोसेसन र ऐच्छिक (फ्याकल्टेटिभ) पुनर्बिना वा ऐच्छिक (फ्याकल्टेटिभ) रेट्रोसेसन पुनर्बिमाका लागि तोकिए बमोजिमका कागजात प्राधिकरणमा पेस गर्नुपर्ने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
953SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?