National life
cg eloctronics

वैशाखसम्म कर्जा प्रवाहमा ८.४ प्रतिशतले वृद्धि , १० महिनामा ३ खर्ब ६८ अर्ब बढी कर्जा प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
404Shares
वैशाखसम्म कर्जा प्रवाहमा ८.४ प्रतिशतले वृद्धि , १० महिनामा ३ खर्ब ६८ अर्ब बढी कर्जा प्रवाह
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशतले बढी ।

राष्ट्र बैंकले चालु वर्षका लागि तोकेको साढे १२ प्रतिशतको लक्ष्यभन्दा निकै कम रहेको छ । राष्ट्र बैंकले तोकेको साढे १२ प्रतिशतको लक्ष्यअनुसार चालु आवमा कूल ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्नेमा वैशाख मसान्तसम्म ३ खर्ब १४ अर्ब रुपैयाँ कम मात्र कर्जा प्रवाह भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वैशाख मसान्तसम्म गैर वित्तीय संस्थागत क्षेत्रमा ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३६.९ प्रतिशत कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरूको कर्जा प्रवाह ७.६ प्रतिशत, विकास बैंकहरूको ४.१ प्रतिशत र वित्त कम्पनीहरूको ६.५ प्रतिशतले बढेको छ।

बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य पुँजी प्रशस्त भए पनि लगानी वातावरणमा सुधार नआउनु, बजारमा माग सुस्त हुनु र उद्योगहरू पूर्ण क्षमतामा नचलेका कारण कर्जाको मागमा अपेक्षित वृद्धि हुन सकेको छैन। बैंकिङ प्रणालीमा हाल औसतमा ५ खर्बभन्दा बढी रकम थुप्रिएको देखिन्छ भने ब्याजदर विगत ४७ महिनामै न्यून विन्दुमा छ।

कर्जाको सुरक्षण आधारतर्फ हेर्दा कृषि तथा वस्तु सुरक्षण कर्जाको हिस्सा १४.६ प्रतिशत छ भने घरजग्गा धितो कर्जाको हिस्सा ६५.१ प्रतिशत रहेको छ। औद्योगिक उत्पादन क्षेत्रमा कर्जा ९ प्रतिशतले, निर्माण क्षेत्रमा १२.३ प्रतिशतले, सेवा क्षेत्रमा ७.९ प्रतिशतले वृद्धि भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?