National life

शाखारहित बीमा गराउँने मोडेल घुम्ती बीमा : नियामक र बीमक दुवैले रुचाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
540Shares
शाखारहित बीमा गराउँने मोडेल घुम्ती बीमा : नियामक र बीमक दुवैले रुचाउँदै
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले शाखा रहित घुम्ती बीमा सेवा चार वर्ष अघि संचालनमा ल्याएको थियो । उक्त योजनाले नागरिकहरुलाई बीमा कम्पनीहरुको शाखा कार्यालय नभएको ठाउँमा पनि बीमा गर्न मिल्ने प्रावधान अघि सारेको थियो । सुरुवाती दिनमा घुम्ती बीमा कार्यक्रमले आम नागरिकहरुलाई निकै सहजता प्रदान गरेको थियो ।

झट्ट हेर्दा बैंकहरुले संचालन गरेको शाखारहित सेवा जस्तै यो सेवा पनि उस्तै देखिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समान प्रकृती देखिए पनि बीमा कम्पनी र बैंकहरुको कार्य प्रकृति भिन्न भएकाले नै यस्तो सेवाको अपरिहार्यताको बारेमा निकै चर्चा भयो । उदरपूरको बेलका नगरपालिकाबाट शुभारम्भ गरिएको सो कार्यक्रमले देशव्यापी रुपमा राम्रै चर्चा बटुल्यो ।

बीमा कम्पनीहरु, नियामक निकाय नेपाल बीमा प्राधिकरण तत्कालिन (बीमा समिति) तथा बीमा क्षेत्रका शुभचिन्तकहरुले उक्त बीमाको महत्वबारे समिक्षा गर्दै निकै चर्चा गरेका थिए । बिस्तारै यो कार्यक्रमलाई बढ्वा गर्दै लाने पक्षमा नेपाल बीमक संघ पनि देखिएको थियो । बीमक संघले पनि घुम्ती बीमाले बीमकहरुको शाखा पुग्न नसकेको ठाउँमा आफ्नो बीमा योजनाहरु पुर्याएर जनतालाई सेवा गर्ने मौका मिलेको थुप्रै अभिव्यक्तीहरु दिएको थियो ।

बिस्तार-बिस्तारै घुम्ती बीमाले उच्च गति लिनु पर्ने साटो सो कार्यक्रम केही सुस्ताएको जस्तो देखिन थाल्यो । त्यसरी घुम्ती बीमा कार्यक्रमलाई जोडदार रुपले अघि बढाउँन नसक्नुमा बीमा क्षेत्रका जानकारहरुले कोरोना महामारीलाई पनि केही दोष दिएका छन् । त्यस्तै, बीमा गराउँन कम्पनीहरु गएको ठाउँमा पनि बीमाको जानकारी कमी भएकाले कतिपय ठाउँमा समस्या आएको उनीहरुको भनाई छ । तर, घुम्ती बीमाको प्रभाव कम गर्नुको साटो त्यसलाई थप प्रभावकारी रुपमा अघि बढाउँनु पर्ने पक्षमा भने अहिले पनि बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण तथा बीमा कम्पनीहरु देखिएका छन् ।

आर्थिक भ्वाईससँगको कुराकानीमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले घुम्ती बीमा निकै राम्रो कार्यक्रम रहेको र त्यसलाई सकेसम्म प्रभावकारी कार्यन्वयनमा जोड दिनुपर्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले घुम्ती बीमाले जो कोहीलाई बीमाको पहुँचमा समेटनु पर्छ भन्ने समावेशी धारणा बोकेकाले पनि उक्त मोडेल अपरिहार्य रहेको बताएका हुन् । घुम्ती बीमाकै कारण बीमा कम्पनीहरुले शाखा खोल्न नसक्ने ठाउँमा बीमा गर्न गराउँन सहज हुने कार्यकारी निर्देशक पौडेलको अनुभव छ । उनले ठाउँको ठाउँ बीमा हुने र त्यही पोलिसी उठाएको ठाउँमा नै गएर दाबी तिर्ने भएकाले पनि यो मोडेल निकै राम्रो रहेको उनको भनाई छ । यसको बिस्तारका लागि केही कम्पनीहरु निकै इच्छुक र सफल रहेको उनको भनाई छ ।

यता प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्राचार्यले पनि घुम्ती बीमा कार्यक्रम नेपाली बजार सुहाँदो रहेको बताएका छन् ।

nic asia capital
उनले घुम्ती बीमा कार्यक्रम विगतमा आएको र त्यसले नेपाली समाजमा राम्रो छाप छोडेको बताए। शाखा नचाहिने, बीमितलाई सहज हुने, कुनै पनि ठाउँ छनोट गरेर त्यहाँ तुरुन्तै पोलिसी जारी गर्न सकिने कार्यक्रम भएकाले सो कार्यक्रम अवश्यक रहेको बज्राचार्य बताउँछन् । उनले हाल मोवाइलबाट पनि बीमा पोलिसी किनबेच गर्ने माहोल बनिसकेको बेलामा नेपालको भौगोलिक अवस्थाका कारण घुम्ती बीमा कार्यक्रम ग्राहक तथा समग्र बीमा क्षेत्रको रोजाईमा परेको बताए ।

तत्कालिन बीमा समितिले घुम्ती बीमा सम्बन्धि मार्गदर्शन नै जारी गरेको थियो । उक्त मार्गदर्शनमा आम जनतामा सहज ढंगले न्यूनतम लागतमा नागरिकहरुको घर दैलोमा नै बीमा पुयाउँने उदेश्य तोकिएको छ । पछिल्लो समय सो कार्यक्रमको माग हुन थालेको अवस्था छ । विगतमा घुम्ती बीमामा सफलता पाएका वा कम बीमापोलिसी बेचेका दुवै किसिमका बीमा कम्पनीहरुले हाल सो कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

बीमित रहेको स्थानमा वा घरदैलोमा नै बीमकका प्रतिनिधीहरु पुगेर बीमालेख बिक्री गराउँने उक्त कार्यक्रमको उदेश्य रहेको छ । त्यसरी घुम्ती बीमा गराउँदा बीमा कम्पनीहरुले आफ्नो नियामकबाट पूर्वस्वीकृती लिनुपर्ने व्यवस्था छ ।

घुम्ती बीमामा जो कोहीले ५० लाख रुपैयाँसम्मको घर बीमा गर्न पाउँने व्यवस्था गरिएको छ । त्यस्तै, सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघु बीमा, दुर्घटना बीमाका स्किमहरु रहेका छन् ।

त्यस्तै, पाँच लाख रुपैयाँभन्दा बढी बींमाक भएको कुनै पनि बीमा घुम्ती बीमा बापत गर्न नपाइने व्यवस्था छ । त्यसरी नै सिंगल प्रिमियम पोलिसी, एकल बीमाशुल्क र बैदेशिक रोजगारी म्यादी जीवन बीमा पनि बीमा कम्पनीहरुले गर्न नपाईने व्यवस्था गरिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले पनि घुम्ती बीमा अन्तर्गत सामुद्रिक, हवाई, इन्जिनियरिंग तथा मोटर बीमा गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?