National life
cg eloctronics

शारीरिक सुगठन महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० जेठ २०८०, मङ्गलबार
604Shares
शारीरिक सुगठन महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
muktinatha bikash bank

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्विकृत विधान बमोजिम राजेश उपाध्याय उपाध्यक्षमा मनोनित गर्नका साथै ७ जना सदस्य मनोनयन गरेको छ ।

मनोनित हुनेमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राई रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन् । सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन् ।

सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन् ।

त्यस्तै वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील(शंकर) मान तुलाधर उदास र कर्णालीको संयोजकमा रमेशकुमार केसी चुनिएका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?