National life
cg eloctronics

शिखर इन्स्योरेन्सको ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा, दाबी भुक्तानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
877Shares
शिखर इन्स्योरेन्सको ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा, दाबी भुक्तानी कति ?
muktinatha bikash bank

काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६६ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको यस्तो नाफा ४४ करोड ५३ लाख रुपैयाँ थियो। कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३१.९१ प्रतिशत बढेको छ भने कुल आम्दानी ११.७५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २१.९५ प्रतिशत र कुल खर्च १४.७२ प्रतिशत बढेको छ।

everest bank

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा घटेर १५ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९७ पैसा रहेको छ।

२ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?