काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ बजारमा ल्याएको छ। कम्पनीले यस योजनामार्फत व्यक्तिगत वा परिवारका सबै सदस्यलाई लक्षित गर्दै अधिकतम २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने बताएको छ।
यस योजनाबारे थप जानकारीका लागि आर्थिक भ्वाइसले शिखर इन्स्योरेन्सकी एसिस्टेन्ट जेनरल म्यानेजर प्रार्थना शाहीसँग कुरा गरेको छ।
उनले योजनाको विशेषता, नगदरहित सेवा, बाह्य उपचार खर्च, प्रि–हस्पिटलाइजेसन तथा पोस्ट–हस्पिटलाइजेसन सुविधाबारे विस्तृत जानकारी दिएकी छन्।
यस बीमा योजनाले नेपालभरका अस्पतालमा नगदरहित उपचार सुविधा उपलब्ध गराउनेछ भने, बाह्य उपचार खर्च, डे–केयर उपचार, नवजात शिशुको उपचारसमेत समेटिएको छ। साथै दशैँ–तिहार र छठ पर्वको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
पूरा अन्तर्वार्ता र यस योजनाबारे थप जानकारी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस् :
https://www.youtube.com/watch?v=7z132FYZ0dA





































