काठमाडौं । सेयर बजार साताको पहिलो दिन आइतबार १३.५१ अंक बढेको छ । उक्त वृद्धिसँगै नेप्से २०८३ अंकमा पुगेको छ भने कारोबार रकम पनि बढेको देखिन्छ । अघिल्लो दिन ४ अर्ब २१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३१ करोड बराबर भएको हो।
आज १ सय ७४ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने १२ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्दा फाइनान्स समूह २.१७ प्रतिशत बढेको छ । बैंकिङ १.११, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.२६, जीवन बीमा ०.७७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६७ तथा अन्य समूह सूचक ०.९६ प्रतिशत बढे । उत्पादन समूह २.४ र लगानी ०.२३ प्रतिशत घटे ।
मल्टिपर्पोज फाइनान्स र मकरजितुमाया हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कालिन्चोक दर्शनको ८.८५, अपरसोलु हाइड्रो कम्पनीको ८.४८ तथा माइखोला हाइड्रोपावरको ८, नेपाल फाइनान्सको ७.८, अपरलोहोरे खोलाको ७.४४, साल्ट ट्रेडिङ कर्पोरेसनको ६.९६ प्रतिशत बढ्यो।
नारायणी डेभलपमेन्ट बैंकको ९.१३ प्रतिशत मूल्य घट्यो । युनिलिभरको ७.८८, पोखरा फाइनान्सको ५.२५, सुपरमादी हाइड्रोपावरको ३.७३ प्रतिशत मूल्य घटेको छ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, पोखरा फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, अपर लोहोरेखोला, एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी अग्र स्थानमा रहेका छन् ।































