National life

संघीय निजामती ऐन छिट्टै ल्याउँछौं, कुनै किसिमको चिन्ता लिन पर्दैन : मन्त्री मोदी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
522Shares
संघीय निजामती ऐन छिट्टै ल्याउँछौं, कुनै किसिमको चिन्ता लिन पर्दैन : मन्त्री मोदी
ncell

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका बाेल्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘संघीय निजामती सेवा ऐन चाँडै नै आउछ । कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘विकट र अति दुर्गम ठाउँमा कर्मचारीको अभाव छ’, उनले भने, ‘तर सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन् । साउन १ गतेदेखि समायोजनमा अझ कडाइ गरिनेछ ।’

 

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?