National life

संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्छ : प्रधानमन्त्री दाहाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
469Shares
संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्छ : प्रधानमन्त्री दाहाल
ncell
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
आन्तरिक स्रोत साधन कम भएको नेपाल विकास बजेट चालु खर्चको तुलनामा न्यून रहेको उल्लेख गर्दै उनले न्यून बजेट पनि समयमा खर्च गर्न नसक्नु विडम्बना रहेको बताए । विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुने गरेको यथार्थ स्वीकार गर्दै उनले असारमा गरिएका विकास र निर्माण गरिएका पूर्वाधारमा मनसुनको बाढी र पहिराले क्षति पुर्याउने बताए ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री दाहालले बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्ने बताए । उनले समयमै निर्माणको थालनी नहुने अवस्थाको समाधानका लािग कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिमा सहजीकरण गर्न सरकार तत्पर रहेको बताए ।
उनले भने, “विकासमा प्रत्यक्ष संलग्न इञ्जिनियरले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजना समयमा नै सुरु गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्ने विश्वास गरेको छु ।”
विकास र पूर्वाधार बिना आर्थिक उन्नति सम्भव नरहेको जनाउँदै उनले विकासका लागि सरकार, निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताए । “विकासका लागि सरकारसँग स्रोत कम छ । त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस्, राजस्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस्”, उनले भने ।
विकासको गति तीव्र भएपछि नै मुलुकको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्दै उनले आम नेपालीको मुहारमा खुसी ल्याउन वर्तमान सरकार लागि परेको बताए ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिबद्ध रहेको बताए । उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको उल्लेख गरे । “सरकारको यस अभियानमा जनसमुदायले देखाउनुभएको अपार समर्थन र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दछु”, उनले भने ।
यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?