National life
cg eloctronics

सगरमाथाबाट मात्रै १ अर्ब बढी रोयल्टी संकलन, आरोही संख्या बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.1kShares
सगरमाथाबाट मात्रै १ अर्ब बढी रोयल्टी संकलन, आरोही संख्या बढ्यो
ncell

काठमाडौँ । काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ ।

मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार उनीहरूमार्फत १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी संकलन भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले यस वर्षदेखि रोयल्टी शुल्क वृद्धि गरेपछि संकलन रकममा उल्लेख्य वृद्धि भएको बताइएको छ।

समग्रमा यस सिजनमा २९ वटा हिमालका लागि १ सय २७ समूहका १ हजार ७२ आरोहीलाई अनुमति दिइएको छ। उनीहरूबाट १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भएको विभागको तथ्यांकले देखाउँछ।

सगरमाथापछि ल्होत्से हिमालमा ९ समूहका १ सय ११ आरोही र अमादब्लम मा ९ समूहका १ सय ४ आरोहीले अनुमति लिएका छन्।

यस वर्ष ७९ देशका आरोही नेपाल आएका छन्, जसमा चीन र अमेरिकाबाट सबैभन्दा धेरै क्रमशः १ सय ३९ र १ सय ३२ जना रहेका छन्। बेलायतबाट ७२ र रुसबाट ६६ आरोही सहभागी भएका छन्।

सगरमाथा आरोहणका लागि मात्रै ५५ देशका पर्वतारोहीले अनुमति लिएको तथ्यांकमा उल्लेख छ, जसमा चीनका १ सय, अमेरिकाका ६७ र भारतका ५८ जना रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?