National life
cg eloctronics

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

max lubricant tata
Aarthik voice
Aarthik voice
१० घण्टा अगाडि|३० असोज २०८३, शुक्रबार
770Shares
दुबई पुग्यो डीडीसीको घिउ र याक चिज
ncell

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५०० किलो घिउ र १५० किलो याकa चिज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेको छ ।

दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो । यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।

उनका अनुसार दुबईमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनस्थित तीन स्थानबाट नेपाली उत्पादन बिक्री हुँदै आएको छ ।

डीडीसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले बजारको माग र प्रतिक्रियाका आधारमा निर्यात विस्तार गर्ने योजना रहेको बताए । विदेशी बजारलाई लक्षित गरी घिउको प्याकेजिङमा नेपाली, अङ्ग्रेजी र अरबी भाषा प्रयोग गरिएको छ । डीडीसीले यसअघि पनि जापानलगायतका देशमा घिउ निर्यात गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?