National life
cg eloctronics

तुषित इन्भेष्टमेन्टको बिट्स क्राफ्टमा लगानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२९ असोज २०८३, बिहिबार
489Shares
तुषित इन्भेष्टमेन्टको बिट्स क्राफ्टमा लगानी
ncell

काठमाडौं । तुषित इन्भेष्टमेन्ट लिमिटेडले सूचना प्रविधि तथा डिजिटलाइजेसन क्षेत्रको अग्रणी संस्था बिट्स क्राफ्ट प्राइभेट लिमिटेडमा लगानी गरेको छ। २०८३ आश्विन ७ गते आयोजित एक कार्यक्रममा तुषित इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष राकेश पोखरेल र बिट्स क्राफ्ट प्राइभेट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेलबीच अग्राधिकार सेयरका रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

तुषित इन्भेष्टमेन्ट लिमिटेड देशभरका वित्तीय, बीमा लगायत अन्य क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको पहलमा वि.सं. २०७९ असोज महिनामा स्थापित उदीयमान लगानी कम्पनी हो। कम्पनीले जलविद्युत्, पूर्वाधार तथा उत्पादनमूलक उद्योगसमेतका क्षेत्रमा लगानी गर्दै आएकोमा अब सूचना प्रविधि क्षेत्रमा पनि लगानी गर्ने भएको छ। कम्पनीले आफ्नो भगिनी संस्थामार्फत घरजग्गा कारोबारमा पनि उपस्थिति जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

व्यावसायिक विशेषज्ञता र अनुशासित लगानीमार्फत देशका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्दै देश तथा सेयरधनीको आर्थिक उन्नतिमा योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता रहेको छ।

यसैगरी, वि.सं. २०६६ चैत्र महिनामा स्थापित बिट्स क्राफ्ट प्राइभेट लिमिटेडले बैंक, बीमा लगायत विभिन्न क्षेत्रका लागि सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयर विकास तथा व्यावसायिक प्रणाली र समाधान (Business System and Solution) प्रदायकका रूपमा कार्य गर्दै आएको छ। कम्पनीले हाल लोकप्रिय बनेको ‘कोइली’ नामक भुक्तानी पुष्टि गर्ने उपकरणमार्फत देशका अधिकांश वित्तीय संस्थाहरूको सहकार्यमा ४० हजारभन्दा बढी व्यवसायीलाई सेवा प्रदान गर्दै आएको छ भने आफ्नो व्यवसाय तीव्र गतिमा विस्तार गरिरहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?