ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा. लि. अन्तराष्ट्रीय पुरस्कार AI in Cybersecurity Award बाट समानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित ASOCIO Digital AI Award 2026 मा इन्साइट टेक्नोलोजी ले सुचना प्रविधी तथा साइबर सुरक्षा प्रविधीमा पुराएको योगदान को कदर स्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो ।
ASOCIO एसिया र ओशिनियाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू समेटिएको एक क्षेत्रीय ICT उद्योग सं संस्था हो। सन् १९८४ मा स्थापित यस संस्थाले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ। यो सम्मान विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, प्रतिक्रिया, निगरानी र सुदृढीकरणमा AI को प्रभावकारी प्रयोग गरेबापत प्रदान गरिएको हो।
७ अक्टोबर २०२६ मा जकार्तास्थित Swissôtel Jakarta PIK Avenue मा आयोजित Awardee Showcase कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा सीईओ सुमन के. शर्माले ASOCIO बोर्ड, अवार्ड विजेताहरू तथा एसिया–ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूसमक्ष कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो।
सन् २०११ मा आईटी सोलुसन इन्टिग्रेटरको रूपमा स्थापित इन्साइट टेक्नोलोजी हाल सयौं संस्थाहरूलाई सेवा दिने साइबर सुरक्षा र म्यानेज्ड टेक्नोलोजी सेवा प्रदायकको रूपमा विकसित भएको छ।
इन्साइट टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक तथा सीईओ सुमन के. शर्माले भने, “यो अवार्ड हाम्रा इन्जिनियरहरू, हाम्रा विश्लेषकहरू र नेपाली कम्पनीका अति संवेदनशील प्रणालीहरूमा विश्वास गर्ने हाम्रा राष्ट्रीय, अन्तराष्ट्रीय ग्राहकहरूको हो। हामीले प्रत्येक संस्थालाई उन्नत साइबर सुरक्षा पहुँचयोग्य बनाउन इन्साइट टेक्नोलोजीको स्थापना गरेका हौं। हामी क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न र नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा इकोसिस्टममा कस्तो योगदान दिन सक्छन् भन्ने, प्रदर्शन गर्न पाँउदा गौरवान्वित भएका छौ ।”
इन्साइट टेक्नोलोजी प्रा. लि. एक साइबर सुरक्षा सेवा प्रदायक हो, जसले बिगत १५ बर्ष देखी राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा विविध सुचना प्रविधी र साइबर सुरक्षा प्रविधी संबन्धी सेवा हरु प्रदान गर्दै आइरहेको छ ।






































