National life
cg eloctronics

विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २०.९ महिनाको आयात धान्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२९ असोज २०८३, बिहिबार
416Shares
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २०.९ महिनाको आयात धान्ने
ncell

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४.३ प्रतिशतले बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चिति भदौ मसान्तसम्म आइपुग्दा १ खर्ब ६८ अर्ब ११ करोड रुपैयाँले बढेको हो ।

अमेरिकी डलरमा समेत विदेशी मुद्रा सञ्चिति बढेको छ । असार मसान्तमा २५ अर्ब ३१ करोड डलर रहेको सञ्चिति भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाको सञ्चिति बढ्यो

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४ प्रतिशतले बढेको छ । असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति भदौ मसान्तमा ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि बढेको छ । असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति भदौ मसान्तमा ७.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ कायम भएको छ ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०.९ महिनाको वस्तु आयात धान्न पर्याप्त

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

nic asia capital

विदेशी मुद्रा सञ्चितिले देशको आयात भुक्तानी क्षमता र बाह्य क्षेत्रको अवस्थालाई संकेत गर्छ । पर्याप्त सञ्चितिले आयातका लागि आवश्यक विदेशी मुद्रा उपलब्ध गराउन सहयोग पुर्‍याउँछ ।

कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६१.६ प्रतिशत

२०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चिति र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात ६१.६ प्रतिशत पुगेको छ । त्यस्तै, कुल आयातसँगको अनुपात १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४४.९ प्रतिशत रहेको छ ।

२०८३ असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए ।

यसअनुसार जीडीपी र विस्तृत मुद्राप्रदायसँगको तुलनामा विदेशी मुद्रा सञ्चितिको अनुपात बढेको छ भने कुल आयातसँगको अनुपात घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
416SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?