National life
cg eloctronics

एप्पलका नयाँ आईफोनलाई बजारको धक्का, पाटपुर्जाको अर्डरमा १५ प्रतिशत कटौती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२५ असोज २०८३, आइतबार
398Shares
एप्पलका नयाँ आईफोनलाई बजारको धक्का, पाटपुर्जाको अर्डरमा १५ प्रतिशत कटौती
ncell

काठमाडौं । महँगो मूल्यका कारण उपभोक्ताको माग अपेक्षाअनुसार नबढेपछि एप्पलले नयाँ आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सका पाटपुर्जाको अर्डर कटौती गरेको छ। निक्केई एसियाको रिपोर्टलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार कम्पनीले अक्टोबरका लागि सुरुमा माग गरेको परिमाणको तुलनामा कम्तीमा १५ प्रतिशतले अर्डर घटाएको हो।

रिपोर्टअनुसार मेमोरी चिपको मूल्य बढ्दा स्मार्टफोन उत्पादन लागत महँगिएको छ। त्यसको असर नयाँ आईफोनको बिक्री मूल्यमा समेत परेको र उपभोक्ताको खरिद इच्छा कमजोर बनेको बताइएको छ। एप्पलले सेप्टेम्बरको सुरुदेखि नै आफ्ना उत्पादनको आपूर्ति रणनीतिमा सतर्कता अपनाउन थालेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सेवा सञ्चालन गर्न ठूला प्रविधि कम्पनीहरूले डेटा सेन्टर निर्माणमा ठूलो लगानी गरिरहेका छन्। यसका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको माग बढ्दा विश्व बजारमा चिपको आपूर्ति र मूल्यमा दबाब परेको छ।

यसको असर स्मार्टफोन र व्यक्तिगत कम्प्युटरको उत्पादन लागतमा परेको छ। एप्पलले पनि मेमोरी तथा भण्डारण चिपको लागत बढेपछि यसअघि आईप्याड र म्याकबुकको मूल्य वृद्धि गरेको थियो।

आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको सुरुवाती मूल्य अघिल्लो पुस्ताका सम्बन्धित मोडेलको तुलनामा १०० अमेरिकी डलरले बढेको रिपोर्टमा उल्लेख छ। मूल्यवृद्धिले नयाँ फोन खरिद गर्ने उपभोक्ताको निर्णयमा असर पारेको विश्लेषण गरिएको छ।

निक्केई एसियाका अनुसार अगस्टको अन्त्यदेखि अक्टोबरसम्म एप्पलका उपकरणको माग अपेक्षाकृत कमजोर देखिएको छ। यद्यपि, कम्पनीले आईफोनका विभिन्न मोडेल सार्वजनिक गर्ने समयतालिका परिवर्तन गरेकाले पनि बिक्रीमा असर परेको हुन सक्ने बताइएको छ।

एप्पलले पाटपुर्जाको अर्डर कटौतीसम्बन्धी रिपोर्टको आधिकारिक पुष्टि गरेको छैन। रोयटर्सले पनि उक्त रिपोर्टलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ।

एआई सुविधाको विस्तारसँगै उच्च क्षमताका मेमोरी चिपको आवश्यकता बढ्दै जाँदा प्रविधि कम्पनीहरूबीच आपूर्तिका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। चिपको मूल्यवृद्धि र उपभोक्ताको कमजोर मागले आगामी दिनमा स्मार्टफोन बजारमा थप दबाब सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
398SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?