National life

स्टारलिंकलाई भारत प्रवेशमा अवरोध भएको मस्कको दाबी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२२ असोज २०८३, बिहिबार
350Shares
स्टारलिंकलाई भारत प्रवेशमा अवरोध भएको मस्कको दाबी
ncell

काठमाडौँ । भारतमा स्याटेलाइट इन्टरनेट सेवा विस्तारको तयारी गरिरहेको अमेरिकी कम्पनी स्टारलिंकको प्रवेशलाई लिएर विवाद चर्किएको छ। कम्पनीका प्रमुख इलन मस्कले भारतीय दूरसञ्चार बजारका प्रभावशाली समूहले स्टारलिंकलाई रोकिरहेको आरोप लगाएका छन्।

नयाँदिल्लीमा जारी ‘इन्डिया मोबाइल कंग्रेस २०२६’ का क्रममा मस्कले सामाजिक सञ्जाल एक्समार्फत केही ‘कुलीन वर्ग’ले आफ्नो बजार पकड जोगाउन स्टारलिंकको प्रवेशमा अवरोध गरिरहेको दाबी गरेका हुन्।

मस्कले स्टारलिंकले इन्टरनेटको पहुँचबाट वञ्चित भारतीय नागरिकलाई उच्च गतिको र तुलनात्मक रूपमा सस्तो सेवा उपलब्ध गराउन सक्ने बताएका छन्। उनले भारतमा स्टारलिंक कुनै रूपमा सञ्चालनमा रहेको भन्ने दाबीसमेत अस्वीकार गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतमा स्टारलिंकले जीएमपीसीएस अनुमति पाए पनि अन्तिम सुरक्षा स्वीकृति र स्पेक्ट्रमसम्बन्धी प्रक्रिया पूरा हुन बाँकी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मस्कको टिप्पणी भारतीय दूरसञ्चार क्षेत्रका ठूला व्यवसायी मुकेश अम्बानी र सुनिल भारती मित्तलका कम्पनीतर्फ लक्षित रहेको उल्लेख गरेका छन्।

दक्षिण एसियामा स्टारलिंकले माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंकामा सेवा विस्तार गरिसकेको छ। भारतमा भने नियामकीय प्रक्रिया पूरा भएपछि मात्र व्यावसायिक सेवा सुरु हुने देखिएको छ।

नेपालमा पनि स्टारलिंकले लामो समयदेखि सेवा सञ्चालनका लागि चासो देखाउँदै आएको छ। तर विदेशी लगानीको सीमा र स्थानीय साझेदारसम्बन्धी विद्यमान नीतिका कारण कम्पनीको नेपाल प्रवेशमा नीतिगत चुनौती कायम छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
350SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?