National life

स्पेसएक्स आईपीओपछि मस्कको कीर्तिमान: विश्वकै पहिलो ट्रिलिनियर

विशेषगरी स्पेसएक्स र टेस्लामा रहेको उनको सेयरले उनको सम्पत्तिको मुख्य आधार बनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
4.3kShares
स्पेसएक्स आईपीओपछि मस्कको कीर्तिमान: विश्वकै पहिलो ट्रिलिनियर
ncell

काठमाडौँ । प्रविधि उद्यमी इलन मस्क विश्व इतिहासमै पहिलो पटक १ ट्रिलियन डलरभन्दा बढी सम्पत्ति भएका व्यक्ति बनेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको रकेट कम्पनी स्पेसएक्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्पन्न भएपछि मस्कको कुल सम्पत्ति करिब १.१ ट्रिलियन डलर पुगेको हो।

स्पेसएक्सको आईपीओमार्फत् ठूलो मात्रामा लगानी संकलन भएको छ, जसले कम्पनीको मूल्यांकन उल्लेखनीय रूपमा बढाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै मस्कको कम्पनीमा रहेको हिस्सेदारीको मूल्य तीव्र रूपमा बढेको बताइएको छ।

विशेषगरी स्पेसएक्स र टेस्लामा रहेको उनको सेयरले उनको सम्पत्तिको मुख्य आधार बनाएको छ। विश्लेषणअनुसार स्पेसएक्समा मात्रै उनको अंशको मूल्य सयौँ अर्ब डलर बराबर पुगेको छ।

अमेरिकी शेयर बजारमा कारोबार सुरु भएसँगै उनको सम्पत्तिमा ठूलो उछाल आएको हो। केही अन्तर्राष्ट्रिय रिपोर्टहरूले मस्कको कुल सम्पत्ति विश्वका अन्य धनी व्यक्तिहरूको संयुक्त सम्पत्तिभन्दा पनि बढी रहेको उल्लेख गरेका छन्।

मस्कको सम्पत्ति केही विकसित देशहरूको कुल अर्थतन्त्रभन्दा समेत ठूलो भएको तथ्यले विश्वव्यापी रूपमा चर्चा पाएको छ। विश्लेषकहरूले लगानीकर्ताको अत्यधिक भरोसा र मस्कको प्रभावलाई ‘इलन प्रिमियम’ वा ‘मस्कनोमी’ का रूपमा व्याख्या गरेका छन्।

५४ वर्षीय मस्कले टेस्ला र स्पेसएक्स बाहेक न्युरालिंक तथा द बोरिङ कम्पनीजस्ता प्रविधि उद्यमहरू पनि स्थापना गरेका छन्। साथै, सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) पनि उनकै स्वामित्वमा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
4.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?