National life

बालेनले ब्राण्डिङ्ग गरेको डीडीसीको मुख्यालयमा छापा, मुख्य कागजात सीआइबीको नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1KShares
बालेनले ब्राण्डिङ्ग गरेको डीडीसीको मुख्यालयमा छापा, मुख्य कागजात सीआइबीको नियन्त्रणमा
ncell

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले हालै आफ्नो फेसबुकबाट ब्राण्डिङ्ग गरेको डीडीसीको मुख्यालयमा सीआईबीले छापा मार्दै महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार अनुसन्धानका लागि आवश्यक कागजातहरू लिएर टोली फर्किसकेको छ र अहिले विस्तृत अध्ययन भइरहेको छ।

डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा वितरण गर्दै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल संस्थानले किसानलाई करिब चार महिनाको झण्डै ५८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइन्छ, जसमध्ये केही रकम भने भुक्तानी गरिएको दाबी गरिएको छ।

यसैबीच, केही दिनअघि प्रधानमन्त्री शाहले डीडीसीसँग सम्बन्धित उत्पादनको प्रचार गर्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका थिए, जसपछि विभिन्न टिप्पणीहरू पनि भएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?