National life

गार्मेन्ट उद्योगमा भीषण आगलागी, करोडौंको क्षति

घटनामा कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
1.8kShares
गार्मेन्ट उद्योगमा भीषण आगलागी, करोडौंको क्षति
ncell

काठमाडौँ । टोखा नगरपालिका–५ बसुन्धारामा रहेको एक गार्मेन्ट उद्योगमा बुधबार बिहान भीषण आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको छ ।

बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा विद्युत् सर्टका कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । करिब राति २ः५२ बजे सुरु भएको आगलागीले चाँडै उग्र रूप लिँदा उद्योगभित्रका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा सम्बन्धित निकायहरू आगो नियन्त्रणमा खटिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पुगेका ११ वटा दमकल र एक पानी ट्याङ्करको सहयोगमा लामो प्रयासपछि बिहान करिब ५ः४५ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट गार्मेन्ट उद्योग पूर्ण रूपमा ध्वस्त हुनुका साथै करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो छेउछाउका अन्य व्यवसाय तथा घरमा समेत फैलिँदा थप नोक्सानी भएको छ ।

प्रहरीका अनुसार अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा ठूलो क्षति पुगेको छ भने लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर र आसपासका केही घरमा आंशिक असर परेको छ ।

यस घटनामा कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?