National life

सनराइज क्यापिटलको नयाँपुस्तालाई लक्षित पुँजीबजारसम्बन्धी सारक्षरता अभियान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
676Shares
सनराइज क्यापिटलको नयाँपुस्तालाई लक्षित पुँजीबजारसम्बन्धी सारक्षरता अभियान
ncell

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पुँजीबजार साक्षरता सुधार गर्न र युवापुस्तालाई सशक्तीकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर सराहनीय कदम चालेको छ ।

भदौ २४ गतेदेखि २७ गतेसम्म नेपालगन्ज, लुम्बिनी प्रदेश (प्रदेश ५), सुर्खेत, कर्णाली प्रदेश (प्रदेश ६) र धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७) का विभिन्न कलेजमा लगानी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरिएको हो। ती कार्यक्रमबाट सनराइज क्यापिटलले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै नयाँपुस्तालाई पुँजीबजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानीसम्बन्धी व्यावहारिक तथा आधारभूत ज्ञान प्रदान गर्न सफल भएको छ।

भदौ २४ गते धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) र भदौ २५ गते ऐश्वर्या बहुमुखी क्याम्पसमा कार्यक्रम गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा २५० भन्दा बढीको सहभागी रहेको र विशेष गरेर स्नातक तहका विद्यार्थी कार्यक्रमबाट लाभान्वित भएका थिए। यस्ता कार्यक्रमले विद्यार्थीलाई पुँजीबजारको सूक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीति, बजार विश्लेषण र वित्तीय योजनाहरूमा लियो आधार प्रदान गर्न सहयोगी हुनेछ भन्ने विश्वास कम्पनीको छ।

यसैगरी भदौ २६ गते प्रदेश ५ नेपालगन्जस्थित बाँके बागेश्वरी क्याम्पसका गैरव्यावसायिक तर प्राविधिक, आईटी र इन्जिनियरिङ स्नातक तहका विद्यार्थीलाई पुँजी बजारका विषयवस्तुका बारे सामान्य ज्ञान तथा सीप सशक्तीकरण गर्ने उद्देश्यले आयोजना गरेको थियो। कार्यक्रम प्राविधिक विशेषज्ञता र वित्तीय ज्ञानबीचको अन्तरलाई न्यून गर्न फलदायी रहेको बुझिन्छ।

यस्तै भदौ २७ गते कर्णाली प्रदेशको सुर्खेतमा एक अग्रगामी शैक्षिक संस्था सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलको तर्फबाट इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले जानकारी दिए। सहभागीहरुले आर्थिक आत्मनिर्भरताको भावनालाई प्रज्वलित गर्दै आफ्नो वित्तीय गतिविधिमा आफ्नो नयाँ ज्ञानलाई लागू गर्न उत्सुकता व्यक्त गरे।

कार्यक्रममा सुर्खेत शाखाकी शाखा प्रबन्धकसुष्मा गिरीको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको प्रेरणादायी प्रतिनिधित्व पनि रह्यो।

यस किसिमको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम देशको ७ वटै प्रदेशमा गर्न सनराइज क्यापिटल अग्रसर रहेको क्यापिटलका कार्यकारी प्रमुख विजयलाल श्रेष्ठले बताए।

यस अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए। जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फन्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानी लगायतका मुख्य क्षेत्रहरुमा केन्द्रित गरिएको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?