National life

सनराइज क्यापिटलले डाक्यो साधारणसभा, ३० प्रतिशत लाभांश वितरण गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० भदौ २०८०, बुधबार
597Shares
सनराइज क्यापिटलले डाक्यो साधारणसभा, ३० प्रतिशत लाभांश वितरण गर्ने
ncell

काठमाडौं । सनराइज क्यापिटलले साधारण सभा आह्वान गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा असोज १० गते बोलाएको हो ।

क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

क्यापिटलको गत साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत गर्ने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असरासम्मको वासलात र सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?