काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ। तालिममा संस्थागत सुशासनसम्बन्धी विषयवस्तुमा पनि प्रशिक्षण प्रदान गरिएको थियो।
तालिम नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी र उपनिर्देशक पदम प्रसाद सोडारीले सञ्चालन गर्नुभएको थियो। उहाँहरूले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत असर गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नारायणी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका शाखा प्रमुख, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइसहित विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्स देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।





































