काठमाडौँ। गत आवको चौथो त्रैमाससम्म सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको खुद नाफाको तुलनामा कम्पनीले आर्जन गरेको यो नाफा ५.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आम्दानी भने २५.२९ प्रतिशतले बढेको छ। चौथो त्रैमाससम्म कम्पनीले ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ४० करोड रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आवमा यस्तो रकम ४ अर्ब ४५ करोड रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आवको तुलनामा भने यो २६.९६ प्रतिशतले धेरै हो।
कम्पनीको महाविपत्ति कोषको आकार १९ करोड ६६ लाख रुपैयाँ बराबर रहेको छ । यस्तै कम्पनीको रिटेन्ड अर्निङ ९८ करोड ६८ लाख रुपैयाँ र सेयर प्रिमियम शीर्षकमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२३५ रुपैयाँ रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कुल खर्च गरेको छ।





































