काठमाडौं । २०७४ असोज ६ गते सामाजिक सेवा दिवसबाट कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ।
कम्पनीले हाल देशभर १४६ वटा कार्यालय, ३६२ कर्मचारी र ४० हजार ९७६ अभिकर्ता मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी रकम ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २३ करोड २४ लाख ९ हजार ८०१ रुपैयाँ र जीवन बीमाकोषमा १० अर्ब १० करोड ८७ लाख ८१ हजार ५४५ कायम छ। यसअनुसार कम्पनीको नेट वर्थ १५४.३५ पुगेको र जोखिम धारण गर्ने क्षमता निरन्तर वृद्धि भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो सफलतामा योगदान पुर्याउने नियामक निकाय, सेवाग्राही, अभिकर्ता र अन्य सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।





































