National life

सरकारको खातामा ३ खर्ब ६० रुपैयाँ बराबर नगद मौज्दात, कुल खर्च ११ खर्ब ५७ अर्ब

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
863Shares
सरकारको खातामा ३ खर्ब ६० रुपैयाँ बराबर नगद मौज्दात, कुल खर्च ११ खर्ब ५७ अर्ब
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको २०८१/०८२ को १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ।

नेपाल राष्ट्र बैंकले (आज) मङ्गलवार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको  उल्लेख गरेको छ । २०८१ असार मसान्तमा खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

समीक्षा अवधिमा प्रदेश सरकारको कुल खर्च १ खर्ब १७ करोड र स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रहेको छ ।

Royal Enfield
nic asia capital
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को दश महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रहेको छ।

समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ७३ अर्ब २३ करोड, पुँजीगत खर्च १ खर्ब २० अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ६४ अर्ब २९ करोड रहेको छ । साथै, समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँड हुने रकमसमेत) ९ खर्ब २२ अर्ब ४३ करोड पुगेको छ ।

यसअन्तर्गत कर राजस्व ८ खर्ब २८ अर्ब ९४ करोड र गैर कर राजस्व ९३ अर्ब ४९ करोड परिचालन भएको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रहेको राष्ट्र बैंकद्वारा जारी तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
863SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?