काठमाडौँ । कुमारी बैंकले आफ्नो संस्थापक शेयर धनीको नाममा रहेको ७ हजार ८ सय ८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले सर्वसाधारणका लागि आजदेखि उक्त शेयर बिक्रीमा राहेको हो ।
यस अघि बैंकले विद्यमान संस्थापक शेयर धनीको लागि उक्त शेयर बिक्रीमा राखेको थियो। यसमा कुनै आवेदन नपरेकाले उक्त शेयर यस कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । आवेदनका लागि यसै बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल काठमाडौँ– १ नक्साल वा यस बैंकको प्रधान कार्यालय काठमाडौँ –२ टंगालमा आइपुग्ने गरी निवेदन दिन सकिने बैंकले जनाएको छ ।

































