National life

सस्तो ब्याजदरमा सिटिजन्स घर कर्जा, ५ करोडसम्म ऋण, २५ वर्षे अवधि

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ फागुन २०८२, सोमबार
888Shares
सस्तो ब्याजदरमा सिटिजन्स घर कर्जा, ५ करोडसम्म ऋण, २५ वर्षे अवधि
ncell

काठमाडौँ। घर किन्नु, निर्माण गर्नु वा मर्मत–सम्भार गर्नु धेरै नेपालीका लागि जीवनकै ठूलो आर्थिक निर्णय हो। यही आवश्यकतालाई मध्यनजर गर्दै सिटिजन्स बैंक इन्टरनेसनलले ‘सिटिजन्स घर कर्जा’ उपलब्ध गराउँदै आएको छ।

बैंकका अनुसार यो कर्जा व्यक्तिगत बसोबासदेखि भाडामा लगाउने उद्देश्यसम्मका लागि प्रयोग गर्न सकिने छ ।

कर्जाको दायरा र उद्देश्य

सिटिजन्स घर कर्जाअन्तर्गत जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट वा बंगला खरिद, मर्मत, नवीकरण, विस्तार तथा रिफाइनान्ससमेत समेटिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निर्माणकर्ताद्वारा तयार पारिएका भवन खरिदमा पनि यो कर्जा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

कर्जा सीमा र अवधि

बैंकले अधिकतम ५ करोड रुपैयाँसम्म घर कर्जा दिने व्यवस्था गरेको छ। बैंकले पहिलो पटक घर किन्नेलाई भने ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको छ। कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहेकाले लामो समयको किस्ताबन्दीमा भार कम गर्ने विकल्प देखिन्छ। किस्ता प्रणाली समान मासिक किस्ताबन्दी (EMI)मा आधारित छ, जसले गर्दा ऋणीलाई आम्दानी योजना बनाउन सहज हुनेछ।

योग्यता र सर्तहरू

नियमित आयस्रोत भएका नोकरी वा स्वरोजगार नेपाली नागरिक यस कर्जाका लागि योग्य हुने छन्। स्वरोजगारको हकमा कम्तीमा २ वर्षदेखि व्यवसाय सञ्चालनमा हुनुपर्ने सर्त छ।

यस्तै, आवेदकको उमेर न्यूनतम १८ वर्ष र कर्जा सकिँदासम्म ६५ वर्ष ननाघ्ने हुनुपर्छ। साथै, धितो राखिने घर वा जग्गासम्म मोटरबाटोको पहुँच अनिवार्य हुनुपर्ने छ ।

धितो सुरक्षणका हकमाा आवेदक वा निजको सगोलको परिवारको सम्पत्तिबाहेक अन्य तेस्रो पक्षको धितो सुरक्षण मान्य हुने छैन ।

शुल्क र सुविधा

कर्जा पहिलो वर्षका लागि निःशुल्क हुनु कर्जाग्राहीका लागि आकर्षक पक्ष हो। दोस्रो वर्षदेखि भने बैंकको मानक शुल्क लाग्ने बैंकले स्पष्ट पारेको छ।

सिटिजन्स घर कर्जा सीमा, अवधि र उद्देश्यको हिसाबले लचिलो देखिन्छ। विशेषगरी पहिलो पटक घर किन्नेलाई छुट्टै सीमा तोक्नु र २५ वर्षसम्मको अवधि दिनु यसको बलियो र लोकप्रिय पक्ष रहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
888SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?