काठमाडौं । आज सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा सहभागी गराएको छ ।
देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको समितिका संयोजकले जानकारी दिएका छन्।
सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेको जानकारी बाहिरीएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको सर्वविदितै छ।


































