काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उक्त बैंठक राति आठ बजेका लागि बस्ने गरी बोलाइएको भएपनि पछाडि ६ बजेका लागि सारिएको हो ।
आज बस्ने बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिलाई पूर्णता पाउने आशा देखिएको छ। समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एक पद रिक्त छ।
गत चैत २४ गते नेपाल राष्ट्र बैंकका १७औँ गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए । तर, सरकारले चैत २४ गतेभन्दा एक महिना अघि नै भेट्नुपर्ने गभर्नर प्रक्रिया अझै टुङ्गो लाग्न सकेको छैन ।






































