National life
cg eloctronics

सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
678Shares
सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश
ncell

काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेर थुनामा रहेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो। बुधवार बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश  दिएको हो ।

सांसद राई उक्त सहकारीको सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ । स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको खुलेको छ । कुल पुँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो । त्यति बेला सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?