National life
cg eloctronics

साधना लघुवित्तमा प्रशासनले एकलौटी निर्णय गरेको कर्मचारीको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
888Shares
साधना लघुवित्तमा प्रशासनले एकलौटी निर्णय गरेको कर्मचारीको आरोप
ncell

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लि.नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रिय स्तरको संस्था भएतापनी नेपाल राष्ट्र बैंकबाट जारी नीति नियम भन्दा पनि मानव संसाधन विभाग प्रमुख सरिता ढकाल र कार्यकारी प्रमुख रेसम न्यौपानेको एकलौटी निर्णय अनुसार साधना लघुवित्त वित्तीय संस्था चलेको संस्थामा कार्यरत असन्तुष्ट कर्मचारीले आरोप लागाएका छन्।

कर्मचारीले पाउने बिदा स्वीकृत गरेर बिदामा बसेको कर्मचारीलाई लिखित स्पष्टीकरण काट्ने ,कारबाहीमा परेका उच्च ब्याबस्थापनका आफन्त,नातागोताका कर्मचारीलाई पुन नियुक्ति गर्ने ,कर्जा नीति विपरीत कर्जा लगानी गर्ने तथा संस्थाबाट राजीनामा स्वीकृत गरी अन्य संस्था वा घर गएका कर्मचारीले सेवा गरे बापतको पाउनुपर्ने सेवा सुविधा बापतको रकम दिन आनाकानी गर्ने र बारम्बार ताकेता गर्दा पनि कुनै पनि प्रतिक्रिया नदिई गैरजिम्मेवार भएको कर्मचारीको आरोप छ ।

यसै किसिमका लापरबाही र कमीकमजोरी तथा हालीमुहालीका कारण दर्जनौँ कर्मचारी माथि चरम शोषण भएको सब प्रमाण पनि रहेको कर्मचारीले दाबि गरेका छन् । हालै मात्र नेपाल राष्ट्र बैंकले मर्जरको लागी सबैको लघुवित्त र साधना लघुवित्तलाई अन्तिम स्वीकृत दिएतापनी यसै किसिमको रवैयाका कारण सबैको लघुवित्तका कर्मचारीहरू डिमर्जरको बाटो रोजी चरण बद्ध आन्दोलन गर्दै आएको पनि उनीहरुले आरोप लगाएका छन् । संस्थाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेको कर्मचारी विनियमावलीको विपरीत कार्य गरी कर्मचारीमाथि चरम शोषण गरेको समेत उनीहरुको आरोप छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो छ साधना लघुवित्तको धारणा

साधाना लघुवित्त वित्तीय संस्थाका कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख रामप्रसाद लामिछानेले आर्थिक भ्वाईससँगको कुराकानीमा आफूहरुमा यस्ता किसिमका आरोपहरु लाग्ने गरे पनि सो निराधार र बेप्रमाण रहेको स्पष्ट पारेका छन् । उनले नेपाल राष्ट्र बैंकबाट जनताको सेवा गर्न र लाइसेन्स पाएका संस्था माथि कसैले आफूलाई सार्वजनिक नगर्ने गरी लुकेर गलत सूचना दिन्छ भने त्यस्ता व्यक्तीहरुलाई खुलम खुला मिडीयामा आउन समेत चुनौती दिएका छन् । तर,उनले आफूहरुलाई खाएको विष लाग्ने र नखाएको विष नलाग्ने नेपाली भनाई जस्तै त्यस्ता तथ्यहिन सूचनाबाट कुनै पनि ग्राहकहरुलाई बिचल्लीत नहुन समेत सचेत गराएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
888SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?